TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
Gopi Krishna Bhattarai
Gopi Krishna Bhattarai


अधिकारकर्मीले समेत बिर्सिएका वाइवा

घडीमा रातको दश बजेको थियो । अचानक ढोकामा ढकढक आवाज आयो । चमेलीले ढोका खोलिन् । बाहिर चारपाँच जनाको एक समूह थियो । 'माणिकलाल जी कहाँ हुनुहुन्छ -' उनीहरूले सोधे । चमेलीले सुतिरहनुभएको छ भन्ने जवाफ दिइन् । 'उहाँसँग काम छ उठाइदिनुस् ।' उनीहरूले भने । चमेलीले माणिकलाललाई मान्छे भेट्न आएका छन् भनी उठाइदिइन् । माणिकलाल घरबाहिर आए । उनीहरूले माणिकलाललाई केही काम छ भनी साथमै लिएर गए । पति आइहाल्लान् भनी चमेली सुतिन् । उनलाई थाहा थिएन माणिकलाल अब कहिल्यै पनि घर फर्किने छैनन् ।

पेशाले शिक्षक भए पनि खेतिपाती नगरी माणिकलाललाई परिवार पाल्न गाह्रो थियो । त्यो दिन पनि उनले दिनभरी बारीमा मकै गोडेका थिए । दिउँसोको कामको थकानका कारण उनी चाँडै खानपीन गरी ओछ्यानमा पल्टेको केही समय पछि ४-५ जनाले आएर माणिकलाललाई लगेका थिए । खेतबारीको कामले थकित चमेलीले एकछिनपछि पति आउलान् भनी ढोका बन्द गरी सुत्न गइन् । थकानका कारण उनीले निदाएको पत्तै पाइनन् । बिहानसम्म पनि मणिकलाल घर फर्केनन् । भोलीपल्ट ११.०० बजे पछिमात्र चमेलीले माणिकलाल हराएको थाहा पाइन् । छरछिमेकीसहित मिलेर खोज्दैजाँदा घट्टे खोलामा पतिको शव पो उनले पाइन् ।

दश वर्षो माओवादी 'जनयुद्ध' को क्रममा शिकार हुने मानवअधिकार रक्षकमध्ये एक हुन् ललितपुर जिल्ला कालेश्वर गाविस-७ का ३२ वर्षीय माणिकलाल वाइवा । इन्सेकको अभिलेख अनुसार उनलाई २०५९ साल कात्तिक १० गते रातको समयमा ४-५ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले घर नजिकै रहेको घट्टे खोलामा पुर्‍याइ धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । उनी नवोदय प्राथमिक विद्यालय कालेश्वर खन्तीकाडाडाँका शिक्षक तथा इन्सेक सम्बद्ध नवज्योति रिलेकका अध्यक्ष समेत थिए ।


माणिकलाल २०५९ कात्तिक ४ गते व्यक्तिगत कामको सिलसिला काठमाडौं गएका थिए । उनी काठमाण्डौं गएको भोलीपल्ट कात्तिक ५ गते सुरक्षाफौजले कालेश्वर गाविसस्थित पानीघाट सामुदायिक वनमा काभ्रे जिल्लाका राजु नेपाल, कुलबहादुर राना, दलबहादुर लामा र २० वर्षीय ऋषेश्वर अधिकारी सहित चारजना माओवादी कार्यकर्ताको गोली हानी हत्या गर्‍यो । साथै सुरक्षाकर्मीले कृष्णबहादुर दोर्जेलाई पक्राउ गर्‍यो । आफ्नो काम सिध्याएर माणिकलाल कात्तिक ८ गते कालेश्वर फर्किए । सुरक्षाफौजले चारजना हत्या गरेको घटनाको स्थलगत अध्ययन गर्न "मानवअधिकार तथा शान्ति समाज"का तल्कालीन अध्यक्ष कृष्ण पहाडीको नेतृत्व मानवअधिकारकर्मीको एक टोली कात्तिक ९ गते कालेश्वर पुगेको थियो । माणिलालले सो टोलीलाई घटनास्थल देखाउन लगेका थिए ।

माओवादीले ०५९ मंसिरमा एक कार्यक्रम आयोजना गरी माणिकलालले आर्मी, पुलीसलाई माओवादीको बारेमा सुराकी गरेको, घरमा आर्मीको पर्चा रहेकोलगायतका आरोप लगाउँदै उनको हत्याको जिम्मा लिए । अहिले पनि माओवादीका ललितपुर जिल्ला सचिव हरि दाहाल ' ललित ' ले हत्याको जिम्मेवारी लिएका छन् । सुराकी गरेकै आधारमा तत्कालीन समयमा साथीहरूले वाइवाको हत्या गरेको उनी जिकिर गर्छन् ।

'उनीहरूले सदाको लागि चुडेर लगें ।' गहभरी आँशु पार्दै चमेली भन्ने गर्छिन् 'यी चारजना छोराछोरीलाई कसरी खुवाउने, पढाउने -' बिहान बेलुकीको जोहो टार्न कठिन भएको छ । बारीको नाममा एकहल पाखो बारी छ । चमेलीको लागि त्यो पनि कसले जोतिदिने -

माणिकलालका चारजना छोराछोरी छन् । छोरीहरू हिरा र नीरा क्रमश कक्षा ६ र ४ मा पढ्छन् । त्यस्तै छोरा तिर्थ र राजकुमार क्रमश कक्षा ३ र १ मा पढ्दैछन् । उनको परिवारले हालसम्म क्षतिपूर्ति पाएका छैनन् । रिलेक नेपाल राष्ट्रिय समितिले उनको परिवारलाई ५ हजार नगद र छोराछोरीलाई स्कुल ब्याग, एकजोर कपडा र स्टेशनरी सामग्री उपलब्ध गराएको थियो । त्यो नै उनको परिवारले हालसम्म पाएको राहत हो । घटनाको न्यायिक छानविन र क्षतिपूर्ति ०५९ को लागि रिलेक नेपालले ०६४ असार ७ गते राष्ट्रिय मानवअधिकार अयोगमा र रिलेक नेपाल, रिलेक नेपाल जिल्ला शाखा ललितपुर र इन्सेक ललितपुर जिल्ला प्रतिनिधिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा निवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारी आनन्दराज पोख्रेलले सर्वदलीय बैठकमा निवेदन पेश गरी निर्णय गर्ने बताएका छन् ।

मानवअधिकर रक्षक भएकोले अरुले सहयोग नगरे पनि अधिकारकर्मीले सहयोग गर्लान् भन्ने आस चमेलीमा थियो । त्यो पनि किन हो त्यो आशा निराशामा बदलिएको छ । कृष्ण पहाडीको समूहलाई वाईवाले बाटो त देखाए तर उनको परिवारलाई बाटो देखाउन कुनै अधिकारकर्मी पनि वाइवाको परिवारलाई भेटगर्न गएनन् । अधिकारकर्मीहरूले केही कार्यक्रममा उनको बारेमा चर्चा त गरे तर न्यायिक छानविनको लागि आवाज उठाउन कसैले तत्परता देखाएन ।

November 7, 2007 | 4:10 AM Comments  0 comments

Tags:


अनन्त पर्खाइ अन्त्य हुने आसमा अञ्जना
Related to country: Nepal


घडीले साँझको ८ बजाएको थियो । अशोक पसलमै बसिरहेका थिए । सातआठ जनाको समूह पसलमा आए । "तपाईसँग केही काम छ। हिड्नुस्," सो समूहका एक व्यक्तिले अशोकलाई भने । "एकदुई दिनपछि छाडिदिन्छौ" उनीहरुले अशोकका परिवारलाई भने । सो समूहमध्ये ३-४ जनाले अशोकलाई देवीचौरतर्फलगे । अपहरणलगत्तै उनीहरुले घरनजिकै सडकमा विष्फोटक पदार्थ पनि पड्काए र परिवार र स्थानीवासीलाई आतंकित पारे । अशोकसँग त कुनै रिसइबी थियो होला तर उनीहरुले निर्जीव वस्तुमा समेत रिस पोखे । सो समूहका तीनजनाले अशोकले चढ्ने गरको कस्मिक मोटरसाइकल घरनजिकै खाल्डोमा खसाली आगो लगाउन खोजे तर आगो लगाउन मट्टीतेल नपाएपछि उनीहरु मोटरसाइकल त्यसै छोडेर गए ।



नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा अपहरण गरी स्थिति हालसम्म अज्ञात रहेका व्यक्तिमध्येका एक हुन् ललितपुर जिल्ला देवीचौर गाविस-२ निवासी २४ वर्षीय अशोक तामाङ । उनी गाउँमा सानो किराना पसल सञ्चालन गरी गुजारा गर्दै आएका थिए । उनलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ असार २६ गते साँझ पसलमा बसिरहेको अवस्थामा अपहरण गरी बेपत्ता बनाएका थिए । उनको अवस्था हाल पनि अज्ञात रहेको छ । उनलाई अपहरण गरेको विषयमा ललितपुरका माओवादी जिल्ला सेक्रेटरी हरि दाहाल आफूलाई थाहा नभएको भन्छन् । उनी दाबी गर्छन्" अशोकलाई हामीले अपहरण गरेको छैन ।"



"साँझ आठ बजेको थियो । माओवादीका तत्कालिन एरिया इन्चार्ज "सञ्जय" भनिने व्यक्तिको नेतृत्वमा माओवादीहरु आएका थिए । उनीहरुले मेरो श्रीमान्को साथमा अनिल तामाङलाई पनि अपहरण गरेका थिए ।" अपहरित अशोक तामाङकी पत्नी अन्जना तामाङले भन्छिन् "अनिललाई एक हप्ता पछि नै छोडिदिए । मेरो श्रीमान्लाई भने छोडेनन् ।" घरमा कसैले ढोका ढक्ढक् गर्‍यो भने अशोक आएको हो कि भन्ने लाग्छ उनलाई । पतिको अवस्थाबारे माओवादीबाट या अन्त कतैबाट जवाफ आउने आसमा बसिरहेकी छिन् अन्जना ।


बेपत्ता अशोकको खोजीको लागि उनको परिवारले धेरै मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा खोजीको लागि अपिल गरे तर पनि अशोकको स्थितिको बारेमा ती संस्थाहरुबाट उनको अवस्थाका बारेमा कुनै ठोस जवाफ परिवारले पाउन सकेको छ । न त माओवादीको पार्टी सम्पर्क र निवेदन दिँदा । छोडिदिइहाल्छन् नि भन्ने आशामा कुनै संस्थामा अपहरण लगत्तै निवेदन नदिएको बताउने अशोकको परिवार सोही समयमा निवेदन नदिँदा दुःख झेल्नु परेको महशुस गर्न थालेका छन् । अशोकलाई अपहरण गरेको करिब एक वर्षछि सबै विवरण खुलाई ०६२ साउन १३ गते उनको परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा खोजीको लागि निवेदन दिएको थियो । त्यहाँ उनीहरुले १ सय ८८ नम्बरमा उजुरी दर्ता गरेका थिए भने उनको फाइल नम्बर ३ हजार ८६ रहेको छ ।


अशोकको खोजीको लागि आयोगले के पहल गरिरहेको छ भनी सोद्धा बेपत्तासम्बन्धी उजुरी हेर्ने आयोगका जयश्वर चापागाईं अशोकको स्थितिको अज्ञातै रहेको उल्लेख गरे । आयोगले उनको बारेमा स्थितिको बारेमा जिल्ला प्रशासन कार्यालय ललितपुर र रक्षा मन्त्रालयमा सोधपुछ गर्दा माओवादीले अपहरण गरी लगेको भन्ने जवाफ पठाएको थियो । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूले अपहरण गरेको व्यक्तिहरु ६० दिनभित्र सार्वजनिक गर्ने भनी सार्वजनिक रुपमा भने लगत्तै आयोगले अशोक तामाङलगायत व्यक्तिहरुको नामावाली सार्वजनिक गर्नको लागि पत्र पठाएको थियो तर माओवादीले ३६० दिन बितिसक्दा पनि बेपत्ताहरुको स्थिति सार्वजनिक गरेको छैन ।


"माओवादीको लगनखेल स्थित कार्यालयमा सम्पर्क हामी पछि जानकारी गराउछौं फोन गर्दै गर्नु भने पछि फोन गर्दा कुनै प्रकारको जानकारी दिँदैनन्" आशोककी पत्नी अन्जनाले भनिन् । आफ्नो श्रीमान्को खोजीमा विभिन्न ठाउँमा धाइरहेकी छु, तर कतैबाट चासो देखाएका छैनन्, उनी गुनासो गर्छिन् । माओवादीसँग सम्पर्क गर्दा "अशोकलाई ललितपुरबाट मकवानपुर हुँदै प्रताप स्मृति ब्रिगेडमा बुझाएको र त्यसपछि कता लगिएको हो, जानकारी आएको छैन । पछि जानकारी गराउँला" भनेको अन्जनाले बताइन् ।


अशोकका दुई छोरा रहेका छन् । जेठो छोरा आशिष ११ वर्ष र कान्छो छोरा अञ्जित ४ वर्षका छन् । सगोल परिवारबाट ०५६ सालमा भन्न भई बसेका अशोकको परिवारको आर्थिक स्थिति कमजोर रहेको छ । जेठो छोरा भीमसेन माविमा कक्षा तीनमा पढ्छन् । छोरोहरुले बुबा कहिले आउँछन् भनी साध्ने गरेको अन्जना बताउँछिन् । उनी भन्छिन् "खै मारिसके की ! के छ - कहाँ लगे - बिना कुनै अपराध लगे । केही बिगारेको थियो भने भन्नुपथ्र्यो । त्यो पनि उनीहरु (माओवादी) ले भनेनन् ।




ललितपुर ।

September 17, 2007 | 5:53 AM Comments  1 comments

Tags:


A Forgotten Human Rights Defender
Related to country: Nepal


It was ten in the evening. Knocks at the door were heard. Chameli got up and opened the door. There were four or five persons standing outside. "Where is Manik Lal ji? - They asked. Chameli told them that he was asleep. "We have to meet him. Wake him up", they directed. Chameli woke Manik Lal up saying there were some visitors. Manik Lal went out of the house. The group left the place with Manik Lal. Chameli lied down on the bed thinking he would be returning soon. She did not know her wait will never end.

Despite his job as a school teacher, for Manik Lal it was difficult to support his family without working in his field. On that fateful day, too, he was weeding the corn field for the whole day. The group had arrived at his place sometime after he had gone to bed to take rest. Chameli, who had also worked along with husband whole day, fell asleep while waiting for him. Manik Lal did not return even by the morning. At around 11 am, she sensed something was wrong. She went on to call for help to find out him. The neighbours found Manik Lal's body lying in Ghatte River.

Manik Lal Waiba, 32, of Kaleshwar VDC- 7, Lalitpur is one of the human rights defenders who became victim during the 10 years of conflict. INSEC document reveals that the Maoists had slit him to death at the bank of Ghatte River near his house after abducting him on 27 October 2002. He was a teacher at Nabodaya Primary School in Kaleshwar, Khatidanda and head of Nawajyoti HRERLIC (radio listeners' club working at grass root level to raise locals' awarness on human rights related issues) which in turn is affiliated to INSEC.

Manik Lal had gone to Kathmandu on his personal business on 21 October 2002. Next day, security forces shot dead Maoists cadres Raju Nepal, Kul Bahadur Rana, Dal Bahadur Lama and Hrisheshwar Adhikari in Panighat Community forest of Kaleshwar VDC and arrested another cadre Krishna Bahadur Dorje. Manik Lal came back on 25 October. On 26 October, a team of human rights defenders from human rights organisation Manav Adhikar Shanti Samaj led by then head Krishna Pahadi came to the VDC for fact finding mission on the killing of Maoist cadres. Manik took the team to the site of the shoot out.

On November 2002, Maoists took responsibility of Waiba's murder in a program. The Maoists justified the murder accusing him of spying for the army and police and keeping Army's pamphlets in the house. Talking recently in public, Maoists' Lalitpur district secretary Hari Dahal alias Lalit has again taken responsibility of Waiba's murder. He maintains that Waiba was killed because he was a security informer.

"They took him away from me", a tearful Chameli says. "How am I going to feed these four children?" She wonders as how she will send them to school when it is difficult for her to find enough food twice a day. There is a small plot of land but no one to plough it for Chameli's sake.

Her two daughters- Hira and Nira are in grade VI and IV respectively. Sons- Tirtha and Rajkumar are in III and I. She has not received any support from the government. HRERLIC Nepal provided the family with Rs 5,000 and school bags, clothes and stationery to the children. That is the only outside relief she has got so far. HRERLIC Nepal filed application in National Human Rights Commission on 21 June asking for judicial probe into the killing and compensation to the family. Similarly, HRERLIC Nepal, HRLIC Nepal- Lalitpur and INSEC Lalitpur district representative filed a joint application in District Administration Office for investigation of the incident and due compensation to Waiba family. Chief District Officer Anand Raj Pokharel has said that the decision will be made after an all-party meeting.

Other might forget her husband but certainly not the human rights community of Nepal, Chameli once hoped. But, that hope has faded. Waiba guided the way for Pahadi's team but no one remembered the way to Waiba's home to guide the family out of its misery.


September 17, 2007 | 5:53 AM Comments  0 comments

Tags:




Gopi's Profile


Latest Posts
अधिकारक...
A Forgotten Human...
अनन्त...

Monthly Archive
September 2007
November 2007

Change Language



2636 views
Important Disclaimer